९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रका अध्यक्ष दाहाल गोरखा–२ का प्रत्यक्ष उम्मेदवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मंसिर ४ गतेको निर्वाचनमा कहाँबाट उठ्लान वा लड्लान? भन्ने चासो सर्वत्र छ। यसैबीच उनले चितवन क्षेत्र नम्बर ३ छाड्ने निश्चित भइसकेको छ।  

उनको पार्टी माओवादी केन्द्रले दाहाललाई गोरखाको निर्वाचन क्षेत्र नम्बर २ सुरक्षित रहेको आकलन गरेर त्यहीबाट चुनाव लडाउने तयारी गरेको छ। यही तयारी स्वरुप माओवादी केन्द्रले गोरखा २ कै प्रत्यक्ष उम्मेदवार बनाउने निर्णय समेत गरिसकेको छ।  

माओवादी केन्द्रको केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले पुष्पकमललाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो। चितवन ३ मा हार्ने संभावना बढि भएपछि उनलाई गोरखा २ पुर्याइएको माओवादी स्रोतले बतायो।

प्रकाशित: २१ आश्विन २०७९ १५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App