१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

डेंगु महामारी नियन्त्रणमा सरकारले पटक्कै काम गरेको छैन: गगन थापा

फाइल तस्बिर।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले डेंगुको महामारी नियन्त्रणमा सरकारले पटक्कै काम नगरेको भन्दै असन्तुष्टि पोखेका छन्।

आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले सरकारले गरेको काम चित बुझ्दो नभएको बताएका हुन्।

उनले भने,‘यत्रो डैगु लागेको बेलामा नेपाल सरकारले जुन प्राथमिकतासाथ लाग्नुपर्ने हो। काम गर्ने पर्ने हो। पटक्कै काम गरेको छैन। यसमा हाम्रो ठूलो असन्तुष्टि छ। काम गरेको चित्तबुझदो छैन। काम गरेको तरिका पटक्कै पनि चित्तबुझदो छैन। हिजो हामीले कोभिडको बेलामा त्यो बेलाको सरकारलाई यत्रो कोभिड संक्रमण भइरहेको बेलाका जसरी काम गर्नुपनेै थियो। त्यसरी काम गरेन भनेर भन्यौ आज मैले आफ्नै सरकारको बारेमा भन्नुपरेको छ। सरकार कसैको हुदैन। सरकार जनताको हो। मुल काम त प्रधानमन्त्रीको तत्काल आपकालिन समिति बनाए डेंगु तुरुन्त कसरी घटाउने अस्पतालमा भएको चाप घटाउन सरकार लाग्नुपर्छ।सरकार अरु काममा अल्झेर यो जिम्मेवारीबाट भाग्न हुँदैन। ’

प्रकाशित: १४ आश्विन २०७९ ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App