८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेले समानुपातिक बन्दसूची संशोधन गरेर भोलि बुझाउने

फाइल तस्बिर।

नेकपा एमालेले समानुपातिक निर्वाचनतर्फको बन्दसूची संशोधोन गरेर भोलि(शनिबार) बुझाउने भएको छ।।

बिहीबार राति अबेर सम्म बसेको सचिवालय बैठकले केही बन्दसूची हेरफेर गरेर १५ गते बुझाउने तयारी गरिरहेको बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए। उनका अनुसार बन्दसूची थपघटको जिम्मा पार्टी  अध्यक्ष केपी शर्मा ओलीलाई दिएको  छ।

उनले भने, ‘समानुपातिकको लगभग लगभग टुंगो लागिसक्यो। अस्तिन हामीले जे लिस्ट तयार पारेको थियौं। वा प्रस्ताव गरेको थियौं त्यसमा अध्यक्ष ज्यूलाई आवश्यक थप घट गर्न सक्ने अधिकार प्रत्यायोजन गरेका छौं। त्यस्तो परिस्थिति पर्यो भने बरियाताक्रम पनि तोक्नुपर्छ नि यो सबै तोकेर अन्तिम निर्णय गरेर निर्वाचन विभाग मार्फत निर्वाचन आयोगमा प्रस्तुत गर्ने काम चाहिँ केन्द्रिय हेडक्वार्टरले गर्छ। त्यसको अन्तिम टुंगोमा हामी पुग्दैछौं।’

उनले १६५ सिटमा कोको उम्मेदवार हुन सक्छन् भनेर छलफल गरेपनि टुंगो लगानइनसकेको  बताए।

उपमहासचिव गरुङले भने,  ‘हामीले मापदण्ड तोकेका छौं। पहिलो मापदण्ड केहो भने जो लोकप्रिय छ त्यसैलाई हाम्रो प्राथमिकता छ। कुनै व्यक्ति भर्खर आएको भएपनि त्यहाँको परिस्थितिले दिन सकिन्छ। कुनव्यक्ति कहिलेआएको भनेर भन्दा पनि तल जिल्ला समितिहरुबाट जे सिफारिस भएर आएका छन् र ती सिफारिस भएर आएका नामहरुबाट कम्पाइल गरेर त्यसमध्ये हामीले स्कृन गरेर कार्यदलले पेश गरेको छ। त्यसमा हामीले आवश्यक छलफल गरेर टुंगो लगाउँछौं।’

प्रकाशित: १४ आश्विन २०७९ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App