१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

धनुषा दुई जसपाले पाउनुपर्छ: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले धनुषा निर्वाचन क्षेत्र नम्बर २ आफ्नै पार्टीले पाउने दावी गरेका छन्। बिहीबार सहीदनगर नगरपालिका यदुकोहास्थित आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनभित्र सिट बाँडफाटको टुङ्गो नलागेको बताएका हुन्। यद्यपी यी क्षेत्र जसपाले नै पाउने सम्भावना बढी रहेको उनको भनाई छ।

'जनता समाजवादी पार्टी र छाता छापलाई विजयी बनाउने अभियानमा जुट्नुहोस्। गाउँ–गाउँमा तयारी थाल्नुहोस्,'उनले तयारी गर्न निर्देशन दिँदै भने,'चुनावमा जसपालाई कसैको वैशाखी चाहिएको छैन्। तर सिट तालमेलको लागि पनि खुल्ला छ। त्यसकरण धनुषा २ जसपाले पाउनेमा विश्वस्त छु', उनले भने।

कम्यूनिष्ट पार्टीप्रति वंयग्य गर्दै कमाउनिष्ट भएको तर्क गरे। कम्यूनिष्टको बोलबला देशमा धेरै भएको भन्दै उनीहरुको शासन अन्तयको लागि एकजुट हुनुपर्ने बताए। दलित, मुस्लिम, महिला थारु वा अल्पसंख्यक शोसित र उत्पीडितको लागि जसपा नै लडिरहेको उनले जिकिर गरे। मधेशी जनताको बलिदानी पछि अधिकार, अवसर र पहिचान प्राप्त भएको उनले बताए।

शिक्षा, स्वास्थ्यमा र सम्मानको लागि शासन र प्रसाशनको लागि एतिहासिक मधेशी जनविद्रोह भएको उनले स्मरण गरे। मधेश विद्रोह नभएको भए गणतन्त्र नआउन सम्भव नभएको उनले उल्लेख गरे। मधेसी आन्दोलनकै कारण दलितको आरक्षण सुनिश्चित भएको उनले बताए। 'मंसिर ४ गते हुन लागेको निर्वाचन अरुको लागि चुनाव होला तर जसपाको लागि संघर्ष छ। उपलब्ध भएकोे अधिकारको रक्षाको लागि, मधेशी, दलित महिलासँग हुने विभेद अन्तयको लागि यो संघर्ष छ,'उनले भने ।

संसदीय प्रणाली नेपालमा राजनीतिक अस्थितरता अनुसान र समृद्धिको यात्रामा असफल भएको उनले टिप्पणी गरे। वर्तमान निर्वाचन प्रणालीलाई परिर्वतन गर्नुपर्ने भन्दै जनताद्धारा प्रत्यक्ष राष्ट्रपतिय प्रणाली लागु गर्नुपर्ने उनको बुझाई छ।

'व्यवस्थामा सुझाव चाहिन्छ। सांसदहरु राजनीतिक दलको खेलमा विक्रि हुनछन्,'उनले भने,'त्यसकारण देशमा जनताद्धारा प्रत्यकक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमूख हुने व्यवस्था ल्याउनु पर्छ।' यस्तै जनसंख्याको अधारमा आरक्षण स्वास्थ्य, शिक्षा र रोजगारीमा परिर्वतन आउने उनको बुझाई छ।  

महगिदो निर्वाचन प्रणाली बारे आपत्ती जनाए। महगो निर्वाचन खर्चले क्षमतावन र लोकतन्त्रको औचित्य समाप्त गरेको उनको भनाई छ। देशमा अरु पार्टीले आफूलाई समाजवादी भनेपनि त्यो ढोग गरेको उनले टिप्पणी गरे। कृषि क्षेत्र आधुनिकिकरण गर्नुपर्ने भन्दै गरिवि वेराजगारी अन्तय गर्न उद्योगिकरण पनि आवश्यक रहेको बताए। राजनीतक साथ–साथ समाजिक आन्दोलन पनि गर्नुपर्ने उनले बताए। अधिकार र संविधान संशोधनको लागि सांसद रहेको भन्दै अगामी निर्वाचन संघर्ष रहेको बताए।

प्रकाशित: १३ आश्विन २०७९ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App