७ वैशाख २०८१ शुक्रबार
राजनीति

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नन्दसिंह बुढा एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादी डोल्पाका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य नन्दसिंह बुढा नेकपा एमालेमा प्रवेश गरेका छन्।  

बिहिबार एमाले महासचिव शङ्कर पोखरेलले उनलाई पार्टीमा स्वागत गरेका हुन्। उनले कर्णाली प्रदेशमाा मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेर लामो समयसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए।

उनले विगतका केही कमीकमजोरी भएका कारण विद्रोह गरेपनि लामो समयसम्म एमालेमै संघर्ष गरेको र यही पार्टीमा आफ्नो भविष्य सम्झेर एमालेमै फर्किने निर्णय गरेको बताएका छन्।

प्रकाशित: १३ आश्विन २०७९ १०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App