१५ चैत्र २०८० बिहीबार
राजनीति

लोकतन्त्रको मूल्यका लागि गठबन्धन आवश्यक छ: मन्त्री श्रेष्ठ

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले सङ्घीयताले संस्थागत रुप लिन नसकेको टिप्पणी गरेका छन्। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनमा अग्रगामी र परिवर्तनलाई रोक्न खोज्ने पक्षधरबीच सङ्घर्ष हुने बताए।

एक सय ६५ सङ्घीय निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र करिब १३५ वटा क्षेत्रमा सहमति गरिसकेका दाबी गर्दै मन्त्री श्रेष्ठले भने, 'बाँकी ३० क्षेत्रमा पनि विस्तारै सहमति हुन्छ। प्रादेशिक निर्वाचन क्षेत्रबारे पनि कुरा भइरहेको छ। दसैँ अगाडि नै सबै कुरा टुङ्ग्याएर अगाडि बढ्ने जमर्को गरेका छौँ।' मुख्यतः सङ्गठनात्मक शक्ति र उम्मेदवारको व्यक्तित्वलाई मुख्य आधार मानेर गठबन्धनलाई अगाडि बढाउन खोजिएको उनले जानकारी दिए।

मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मान्यताअनुसार देशलाई अगाडि बढाउनुपर्ने भए पनि पुरानो राज्ययन्त्रले त्यसलाई रोक्न खोजिरहेको टिप्पणी गरे। उनले आगामी मङ्सिरमा हुने सङ्घीय चुनावमा आफूले काठमाडौं–७ बाट उम्मेदवारी दिने स्पष्ट पारे। उक्त क्षेत्रबाट लामो समयदेखि आफूले राजनीतिलाई अगाडि बढाउँदै आएको बताए। आफ्नो कार्यकालमा सो क्षेत्रमा विकासको जनलहर सिर्जना गरेको दाबी गर्दै श्रेष्ठले विद्यालयदेखि शिक्षा, स्वास्थ्य, पर्यटकीय विकास, बाटो निर्माणदेखि खानेपानीको सम्बन्धमा साथ दिँदै आएको उल्लेख गरे।

प्रकाशित: १० आश्विन २०७९ १४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App