१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसद्वारा निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम सुरू

नेपाली काँग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ। समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपमा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो। 

काँग्रेसले महामन्त्री विश्प्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो। सो समितिमा पार्टीका सहमहामन्त्रीहरुका साथसाथै पार्टी भित्रका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुनेगरी व्यक्तिहरुलाई समेटिएको छ। 

घोषणापत्र तयारी समितिको बैठकको बारेमा जानकारी दिँदै काँग्रेस केन्द्रीय समिति सदस्य गोविन्दराज पोखरेलले पार्टीले पाँच वर्षमा गर्नसक्ने कामहरुलाई राखेर मात्रै घोषणापत्र तयार गरिने बताए। उनले घोषणापत्र तयारीका काम सुरु भएको जानकारी दिए। उनले नेपाली काँग्रेसले घोषणापत्रमार्फत पूरा हुन नसक्ने खालका सपना नबाड्ने पनि स्पष्ट पारे।

प्रकाशित: ५ आश्विन २०७९ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App