१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ मतदाता

आगामी मंसिर ४ को निर्वाचनको लागि राजनीति दलहरु उम्मेदवार छान्न रस्साकस्सी गरिरहेको बेला जिल्ला निर्वाचन कार्यालय कास्कीले आगामी मतदाताको नामावली अद्यावधिक गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि सार्वजनिक गरेको तथ्यांक अनुसार कास्कीमा तीनवटै निर्वाचन क्षेत्रमा दुईलाख ९१ हजार ५ सय ६८ मतदाता रहेका छन्। दुई हजार १ सय ६९ मतदान स्थलमा ३ सय ४४ वटा मतदान केन्द्र तोकिएको छ।  

तथ्यांक अनुसार प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ को (१)मा ५८ हजार ४ सय ४५ मतदाता रहेका छन्। निर्वाचन सूचना अधिकृत रुद्र न्यौपानेका अनुसार महिला तर्फ ३० हजार ८ सय २७ र पुरुष तर्फ २७ हजार ६ सय १७ मतदाता रहेको तथ्यांक छ। अन्यमा १ जना रहेको समेत निर्वाचन कार्यालय कास्कीले उल्लेख गरेको छ। ७० मतदान केन्द्र रहेका छन।  

प्रदेश सभा १ को (२)मा  ६४ मतदान केन्द्र रहेको निर्वाचन सूचना अधिकृत न्यौपानेले जानकारी दिए। ५२ हजार २ सय ७० मतदाता रहेकोमा २७ हजार २ सय ३७ महिला र २५ हजार ३३ जना पुरुष मतदाता रहेको छन्। ‘प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा १ सय ३४ मतदान केन्द्र छन्।’ उनले भने–‘१ लख १० हजार ७ सय १५ मतदाता छन्।’ उनका अनुसार ५८ हजार ६४ महिला र ५२ हजार ६५० पुरुष मतदाता रहेका छन्।  

प्रदेश सभा २ को (१)मा ४२ हजार २ सय ८२ मतदाताले आगामी मंसिर ४ गते तोकिएको मतदान केन्द्रमा गएर मतदान गर्ने निर्वाचन कार्यालय कास्कीले जनाएको छ। ४९ मतदान केन्द्र तोकिएको छ। २२ हजार ५ सय ८८ महिला मतदाताको तथ्यांक छ। १९ हजार ६ सय ९४ पुरुष मतदाता छन्।  

प्रदेश सभा सदस्य २ को (२)मा ४२ मतदान केन्द्र तोकिएको छ। त्यस केन्द्रमा ३६ हजार ८ सय ५६ मतदाताले मतदान गर्ने निर्वाचन कर्यालयले जनाएको छ। १९ हजार ४ सय ५२ महिला र १७ हजार ४ सय ३ पुरुष मतदाता रहेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ को लागि ९१ मतदान केन्द्र निर्धारण गरिएको छ। तथ्यांक अनुसार ७९ हजार १ सय ३८ जना मतदाताले मतदान गर्ने छन्। ४२ हजार ४० महिला, ३७ हजार ९७ पुरुष र अन्य १ जना रहेको तथ्यांकमा उल्लेख छ।  

प्रदेश सभा ३(१) प्रदेश सभा सदस्यको लागि ६२ केन्द्र रहेका छन्। ५२ हजार ८ सय ६२ कुल मतदाता रहेका छन्। पुरुष २५ हजार ४ सय ९ र २७ हजार ४ सय ५२ महिला मतदाता रहेका छन। त्यस्तै प्रदेश ३ को (२) मा ४८ हजार ८ सय ५३ मतदाता रहेका छन्। महिला २४ हजार ९ सय ६६ जना छन् भने पुरुष २३ हजार ८ सय ८६ मतदाता रहेका छन्। ५७ मतदान केन्द्र तोकिएको छ। प्रतिनिधि सभा सदस्यको लागि १ लाख १ हजार ७ सय १५ जनाले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ। अन्य दुई, महिला मतदाता ५२ हजार ४ सय १८ तथा पुरुष ४९ हजार २ सय ९५ मतदाता रहेका छन्।  

प्रकाशित: ४ आश्विन २०७९ ०९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App