१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा दुई मतदान स्थल थपिए,मतदाताको संख्या ८८ हजार २ सय ८५ कायम

गत स्थानीय निर्वाचनमा भन्दा आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको मतदाता संख्या करिव एकहजार चार सयले घटेको छ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि ताप्लेजुङको मतदाता संख्या ८८ हजार २ सय ८५ कायम भएको छ। जब की गत स्थानीय तहको निर्वाचनमा यहाँको मतदाता संख्या ८९ हजार ६ सय ८० रहेको थियो। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार आउँदो निर्वाचनका लागि ४७ हजार ८० पुरुष र ४१ हजार २ सय ५ महिला मतदाता कायम भएका छन्। स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदान स्थल थप भएका छन्। यो सँगै यहाँ ७५ वटा मतदान स्थल कायम भएका छन्।  

मतदानस्थल थपघटको सिफारिस गर्न जिम्मेवारी पाएको समितिले स्थानीय तहको अगुवाई र समन्वयमा सर्वदलिय सर्वपक्षिय छलफलमार्फत मतदान स्थल थप गर्न फुङलिङ नगरपालिकाको अवडा नं ९ स्थित शिव आधारभूत विद्यालय र मिक्वाखोलाको पापुङस्थित सिम्बुक प्रावि मतदान स्थल थप गर्न सिफारिस गरेको थियो। सोहि अनुसार मतदानस्थल थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मतदान केन्द्र भने १ सय २३ वटा कायम भएका छन्। २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ७८ हजार ३ सय ९७ मतदाता थिए। 

गत स्थानीय तहको निर्वाचनको मतदाता संख्या भन्दा अद्यावधिक पछि आउँदो निर्वाचनका लागि १ हजार ३ सय ९५ मतदाता घटेपछि २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा भन्दा ९ हजार ८ सय ८८ मतदाता थपिएका छन्।

प्रकाशित: १ आश्विन २०७९ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App