coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चार जना नेता मिलेर देशमा लुटतन्त्र मच्चाइरहेका छन्: ओली

फाइल तस्बिर।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चार जना नेता मिलेर देशमा लुटतन्त्र मच्चाइरहेको आरोप लगाएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले चार जना नेता मिलेर देशमा लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाइरहेको अरोप लगाएका हुन्।

ओलीले आफ्नो स्वार्थ पूरा गर्न, परिवार र नातागोता पोष्न सत्तापक्षका नेताहरू तल्लीन रहेको बताए। ‘चार जना नेता मिलेर लोकतन्त्रका नाममा छाडातन्त्र, लुटतन्त्र मच्चाइरहेका छन्’, उनले भने ‘यस्ता नेताबाट देशलाई जोगाउनुपर्छ।’ ओलीले आफ्नो परिवारका लागि पाखुरा देखाएर चारजना नेताहरूले  राष्ट्रलाइ नै पछि धकेल्ने प्रयास गरिरहेको बताए।

ओलीले नागरिकता विधेयकमा सरकारले तनाव बढाउने, पाखुरा देखाउने काम गरिरहेको आरोप लगाए। उनले राष्ट्रपतिको  सुझावलाई वेवास्था गरेर सरकारले नागरिकता  विधेयकमा मसल देखाइरहेको बताए। ओलीले नागरिकता विधेयक फिर्ता  गरेर एक लाईन स्पष्ट रुपमा थपे तीन दिनमै पारित हुने बताए।

उनले भने‘ नागरिकता विधेय संसोधन गरेर जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिक पाउनेछन् भन्ने विधेयकमा स्पष्ट रुपमा लेखे तीन दिनमै विधेयक पारित हुन्छ।’ ओलीले तर, सरकार जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने पक्षमा नरहेको दाबी गरे । उनले नागरिकता विधेयक पास गर्न भन्दा पनि रोकेर राख्ने र तनाव बढाउनेतर्फ सरकार लागिरहेको बताए।

सरकारले हरेक कुरामा तानाव बढाएर प्रतिपक्षलाई आरोप लगाएर, जनतामा भ्रम छरेर भोटको राजनीति गरिरहेको उनको भनाइ छ। राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने वा राजीनामा दिनु पर्ने भन्ने विषय उठिरहेको बारेमा पत्रकारहरूले सोधेको प्रश्नमा  उनले भने ‘कसैको आदेशमा राष्ट्रपतिले राजीनामा दिनेकुरा आउँदैन।’

राष्ट्रपतिको सुझावलाई वेवास्था गरेर संसद बाहिर निर्णय गरेर पठाएर सरकारले उदण्डता मच्चाइरहेको उनको आरोप छ। नागरिकता विधेयक प्रमाणिकरण वाउन्सर लगाएर हुनेकुरा नभएकाले विधिविधान अनुसार अघि बढ्नुपर्ने  ओलीको धारणा छ। 

प्रकाशित: २५ भाद्र २०७९ ०८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App