७ वैशाख २०८१ शुक्रबार
राजनीति

माथिल्लो कर्णाली जलविद्युत निर्माण गर्ने जिएमआरसँगको सम्झौता खारेज गरौँः भिम रावल

फाइल तस्बिर।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता डा. भिमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना अघि बढाउने जिएमआर कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।

बुधबार सो आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै सो भारतीय कम्पनीसँगको सम्झौता तत्काल खारेज गरी जनताको सहभागितामा सरकार आफैंलाई अगाडि बढाउन पनि आग्रह गरे। उनले विगतमा गरिएको सर्तहरु उल्लंघन गर्ने, नेपालको राष्ट्रिय हित विपरित हुने गरी सो कम्पनीले गतिविधि गरिरहेकाले सो सम्झौता रद्द गरेर नेपाल सरकार आफैंले वित्तिय व्यवस्थापन गरेर सो आयोजना अघि बढाउनुपर्ने स्पष्ट पारे।  

नेता रावलले भने, ‘जिएमआर कम्पनीले माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई निर्माण नगरी लामो समयसम्म ओगट्दै सम्झौताको उल्लंघन गर्दै नेपाललाई क्षति पुर्‍याउनुको साथै राष्ट्रिय हितमा आँच पुर्‍याएकाले यो सम्झौता तत्काल खारेज गरियोस्। उक्त आयोजनालाई जनसहभागिता र नेपाल सरकारको लगानीमा अगाडि बढाईयोस्। नेपालको सबैभन्दा राम्रो र उत्पादित विद्युतको मूल्य तुलनात्मक रुपमा कम हुने माथिल्लो कर्णाली जलविद्युत आयोजनामा संलग्न सम्झौता विपरित वित्तिय व्यवस्थापनको म्याद फेरी थपिनु आपत्तिजनक छ। सम्झौता अनुसार जिएमआरसँगको सम्झौता रद्द गरी सो आयोजनालाई अनिश्चियको भूमरीबाट जोगाईयोस्। नेपाल सरकार आफैले जनताका सहभागिता समेतमा वित्तिय व्यवस्थापन गरी सो आयोजनाको काम अगाडि बढाओस्। कुनै एउटा विदेशी कम्पनीको सामू नझुकी सम्झौंताहरुको सर्तहरु पालना गरी, गर्न लगाई राष्ट्रिय हितको संरक्षण गरियोस।’ 

नेता रावलले सम्झौता विपरितका गतिविधिमा संलग्न सो कम्पनीसँग पटकपटक झुक्ने काम गरिरहेको भन्दै सरकारको पनि कडा आलोचना गरे।

प्रकाशित: २२ भाद्र २०७९ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App