पहिरोमा परेकाहरुलाई राहत तथा उद्धारको व्यवस्था मिलाउन रावलको माग
शनिबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएराति आएको पहिरोमा पुरिएर १६ जना भन्दा बढिको ज्यान गएको र ठूलै धनमालको क्षति भएको उल्लेख गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका हुन्।