भारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटेका छन्।
प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष पांडेले आज देउवासँग प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका हुन्। उनीहरुबीच समसामयिक र नेपाल भारतबीचकाे सम्बन्धका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जनरल पांडे २२ गते मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरि सोही दिन पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेड्क्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: २१ भाद्र २०७९ ११:३७ मंगलबार