१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले उपाध्यक्ष रामबहादुर थापा 'बादल'लाई मातृशोक

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल) लाई मातृशोक परेको छ। 

थापाकी आमा नन्द कुमारी थापा दीर्घरोगका कारण केही वर्षयता थलिएकी थिईन्। उनको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो।  

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, 'नेकपा(एमाले)का उपाध्यक्ष तथा पुर्व गृहमन्त्री राम बहादुर थापा बादलकी ममतामयी आमाको आज बिहान चितवन क्षेत्रपुर उहॅाकै निवासमा निधन भएको खबरले दुखित बनाएको छ। आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। थापासहित सम्पुर्ण शोकाकुल परिवारमा गहिरो समवेदना ब्यक्त गर्दछु।'

प्रकाशित: १९ भाद्र २०७९ ०४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App