१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

भदौ २३ मा राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन

राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते तय भएको छ।

राष्ट्रिय सभा सचिवालयका अनुसार राष्ट्रिय सभामा रहेका दलहरुका बीचमा सहमति भए अनुसार भदौ २३ गते निर्वाचन गर्ने तय भएको छ।

राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन्।

राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरु कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल विदा भएका थिए। रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएर राष्ट्रियसभामा क्रियाशील छन्।

५९ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक दुई/दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ । राष्ट्रिय सभाको नियमावलीमा एक तिहाइ सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेर गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित: १७ भाद्र २०७९ ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App