१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी देउवासँग भिख माग्ने ठाउँमा पुग्योः महासचिव पोख्रेल

नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री शेरबहादुर देउवासँग भिख माग्ने ठाँउमा पुगेको बताएका छन्। 'दाहाल सत्ताबिना पानी बिनाको माछो जस्तै छट्पटाउन थाल्छन्, पोखरेलले भने,  १७ हजार युवाहरुको बलिदानी पछि शक्तिमा पुगेका दाहाल आफ्नो सुरक्षाका लागि सधैँ सत्तालिप्त भएका छन्।'

सिन्धुलीको मरिणगाँउपालिका–४ सहानमा नेकपा एमालेले बुधबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने अभियानमा जुटेको बताए। लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले सम्बोधनको अधिकांश समय माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गरे।

उनले प्रधानमन्त्री बन्न दलका नेताहरु दिल्ली धाउन थालेको आरोप लगाए। हाम्रो मुलुकको प्रधानमन्त्री बनाउन दिल्ली होइन जनतामा जानुपर्ने भन्ने मान्यताका आधारमा जनताको बीचबाट नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई निर्वाचन पछि प्रधानमन्त्री बनाउने पार्टीले निर्णय गरेको खुलाए।

सिन्धुलीको मरिण गाउँपालिकामा बुधरबार नेकपा एमालेद्वारा आयोजित जनसभामा सहभागी हुँदै महासचिव पोखरेलसहित नेताहरु। 

दुनियाँमा राजनीतिक परिवर्तन दलहरु मिलेर हुने गरेको तर देशको समृद्धि गठबन्धनको माध्यमबाट नहुने उनले जिकिरी गरे। दलहरुको गठबन्धनले देश बनेको इतिहास कही छैन, उनले भने देशबन्न भिजन लिडरसिप र स्ट्रङ राजनीतिक दलको आवश्यकता पर्छ त्यो नेकपा एमाले हो। उनले राजनीतिक ध्रुविकरण हुन थालेको र त्यसको नेतृत्व एमालेले गर्न खोजी रहेको जनाए।

आउनुस् वामपन्थी आन्दोलनका सबै मित्रशक्तिहरु नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गरौँ उनले भने, अब नेपाललाई कुनबाटो हिडाउने भन्ने प्रश्नको जवाफ जनताको बीचबाट खोज्ने हो।’ दलहरुको गठबन्धनले देश बनेको इतिहास कतै नभएको चर्चा गर्दै उनले आन्तरिक नेतृत्व र राजनीतिक स्थायीत्वले मात्रै देश बन्ने जनाए।

‘गठबन्धन अस्थिरताको परिणाम हो,’ उनले भने ‘गठबन्धनको नाटकबाट मुलुकले स्थायीत्व प्राप्त गर्न सक्दैन। बलियो राष्ट्रिय शक्तिले मात्र मुलुकमा राजनीतिक स्थायीत्व दिन सक्छ।’ उनले गठबन्धनबाट माओवादी केन्द्र झन् कमजोर बनेको बताए। नेकपा माओवादी केन्द्र सरकारमा भएपनि उसले दलाल पुजीवादको सेवा गरी रहेको उनको आरोप छ। गत निर्वाचनमा माओवादीले काँग्रेससँग सहकार्य गर्छौ नभनेको र वामपन्थी एक भएर देशको विकास गर्ने आश्वासन दिएर काँग्रेससँग सहकार्य गरेको बताए।

'जनताका लागि बोलेका कुराहरु पूरा गर्न सक्नुपर्छ उनले भने ‘अहिले नेकपा एमाले नेकपाको निरन्तरतामा जुटेको छ।,’ सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मिथुला फुयाल, जिल्ला संयोजक रामकुमार पौडेल मरिण गाउँकमिटिका पूर्वअध्यक्ष गोपाल बुढाथोकीसहित दर्जनौं माओवादी केन्द्रका कार्यकताहरु नेकपा एमालेमा प्रवेश गरेका थिए। उनीहरुले माओवादी केन्द्रले मरिण गाउँपालिका अध्यक्षमा स्थानीय निर्वाचनमा टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै एमालेमा प्रवेश गरेका हुन्।

प्रकाशित: १५ भाद्र २०७९ १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App