१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

आज सत्ता गठबन्धनको बैठक बस्दै,सिट बाँडफाँट टुंग्याउने तयारी

फाइल तस्बिर

सत्ता गठबन्धनको बैठक आज बस्दै छ। बैठक साँझ ५ बजे बस्न लागेको हो।  

आजको बैठकमा प्रतिनिधि सभाको सिट बाँडफाँट टुंग्याउने तयारी छ। गठबन्धनको बैठक बस्नुअघि दलहरूले आ–आफ्नो पार्टीमा छुट्टाछुट्टै छलफल गर्दै छन्।  

नेपाली कांग्रेसले शीर्ष नेताहरूको बैठक बिहान ९ बजेका लागि बालुवाटारमा बोलाएको छ। कांग्रेसले कति सिट दाबी गर्ने भनेर साझा धारणा बनाउन शीर्ष नेताहरुको बैठक बस्न लागेको हो।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा  पाँचदलीय गठबन्धनले चुनावमा तालमेल गर्ने निर्णय गर्दै २० साउनमा कार्यदल गठन गरेको थियो। 

प्रकाशित: १५ भाद्र २०७९ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App