१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कम्युनिष्टहरुले गर्नुपर्ने काम हर्क साम्पाङले गरिरहनुभएको छ: प्रचण्ड

प्रचण्डले मेयर साम्पाङसँगै सर्दुमा रोपे विरुवा

<br>

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्दुमा विरुवा रोपेका छन्।  

पार्टीको कार्यक्रम तथा जेवी टुहुरे स्मृति सन्ध्या कार्यक्रममा सहभागी हुन धरान आएका अध्यक्ष प्रचण्ड विराटनगर एयरपोर्टबाट सिधै धरान १३ स्थित सर्दु खोला पुगेका थिए। त्यहाँ उनले जनवादी गायक टुहुरेको स्मृतिमा विरुवा रोपेका थिए। उनीसँगै धरानका मेयर हर्कराज राई (साम्पाङ)ले पनि विरुवा रोपे।  

गत साता मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा राजधानी जादा प्रचण्डसँग भेट गरेका थिए। उक्त भेटमा प्रचण्डलाई धरानमा श्रमदान तथा वृक्षारोपण अभियानमा सहभागी हुन आउन मेयर साम्पाङले निम्तो दिएका थिए। प्रचण्डले मेयर साम्पाङकको निम्तोलाई पनि सम्झिएर विरुवा रोप्न आएको बताए। ‘आज जेबी टुहुरेको बार्षिकी पनि हो, उहाँलाई सम्झेको छुँ र,यो विरुवा उहाँकै लागि समर्पित गरेको छुँ,’प्रचण्डले भने।

उनले धरानका मेयर साम्पाङलाई सिंगो देशले गम्भीरतापुर्वक हेरिरहेको भन्दै कम्युनिष्टहरुले, माओवादीहरुले गर्नुपर्ने काम गरिरहेको भन्दै प्रशंसा पनि गरे। उनले भने, ‘म पार्टीका साथीहरु र देशका श्रमजिविहरुलाई हर्कको व्यवहार र आचरणबाट प्रेरणा लिन म अनुरोध गर्न चाहछु। उहाँ निरन्तर डटीरहन कति सक्नुहुन्छ, मेरो शुभकामना छ। जनताको साथ पाइरहनुस्। मेरो र हाम्रो साथीहरुको साथ छदैछ।’ माओवादी केन्द्रबाट निवार्चित उपमेयर अइन्द्रबिक्रम बेघासँग जोडी र काम असाध्यै मिलेको देखिएको भन्दै धरानको लागि राम्रो अवसर भएको पनि प्रतिक्रिया दिए।  

मेयर साम्पाङले आफ्नो निम्तो अनुसार धरान आएर माओवादी अध्यक्ष प्रचण्डले विरुवा रोपेको भन्दै खुशी व्यक्त गरे। आफुले श्रमदान पनि गराउन चाहेको तर समयको चापले गर्दा नभ्याएको बताए। उपमेयर बेघाले अध्यक्ष प्रचण्डकै इच्छा अनुसार विरुवा रोप्न आएको जानकारी दिए। ‘हामीले बोलाएको भन्दा पनि उहाँकै इच्छा थियो। प्लेन डिले भएर ढिलाई भयो, र समयको चापले गर्दा श्रमदान गर्न पाउनुभएन,’उनले भने।  

धरान १५ स्थित होटल धरान किचनमा भइरहेको नेकपा माओवादीको प्रदेश नं १ का केन्द्रीय सदस्यहरुको बैठकर जेबी टुहुरे स्मृति सन्ध्या तथा श्रष्टा सम्मान कार्यक्रमको लागि प्रचण्ड धरान आएका हुन्। 

प्रकाशित: १० भाद्र २०७९ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App