९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

कमल थापा नेतृत्वको राप्रपा र एमालेबीच गठबन्धनको तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी मंसिर ४ मा हुन लागेको प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनका लागि एमालेसँग गठबन्धन गर्ने तयारी भएको बताएका छन्।

उनले अरु दलसँग गठबन्धनका लागि छलफल भएपनि एमालेसँगै बढी सम्भावना रहेको बताए। ‘निर्णय भइ सकेको छैन, हाम्रो ठूलो अपेक्षा पनि छैन,’ अध्यक्ष थापाले मंगलबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हाम्रो पार्टीले प्रत्यक्षमा पाँचदेखि दस स्थानमा दाबी गरेको छ।’

उनले एक्लै चुनाव जित्ने स्थिति नभएपछि जुनसँग तालमेल गर्दा जितिन्छ, त्यहीसँग गर्ने बताए। ‘यतिबेलाको गठबन्धन सैद्दान्तिक र वैचारिकभन्दा पनि चुनाव जित्ने मात्र हो,’ उनले भने, ‘जहाँ गठबन्धन हुँदैन, त्यहाँ सबै स्थानमा हाम्रो पार्टीका उम्मेदवार भने हुन्छन्।’

उनले एक्लै चुनावमा जादा सबै असुरक्षित भएको बताए। ‘गठबन्धन मुलुकको वृहत्तर हितका निम्ति नभएर सत्ता प्राप्तिका लागि हो,’ उनले भने।  यतिबेला मुलुकमा अस्थिरताको आवरणमा सेन्डिगेट हावी भएको अध्यक्ष थापाले जिकिर गरे। 

प्रकाशित: ७ भाद्र २०७९ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App