६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मतदाता रिझाउने कार्यक्रम नगर्न आयोगको निर्देशन

फाइल तस्बिर

निर्वाचन आयोगले चुनाव मिति घोषणा भइसकेकाले विकास पूर्वाधारका नयाँ कार्यक्रम नगर्न–नगराउन सरकारलाई निर्देशन गरेको छ। 

आयोगले चुनावका मुखमा मतदातालाई प्रभावित पार्नेगरी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सोही प्रकृतिका योजना, बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न–नगराउन केन्द्र सरकार, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको हो। प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ का लागि तोकिएको छ।

‘प्रतिनिधि र प्रदेशसभाका सदस्यको पदावधि सकिनै लागेका बेला विभिन्न प्रदेशमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, पूर्वाधार विकास कार्यक्रमलगायत विभिन्न नामका सम्बन्धित सभाबाट एकमुष्ट रूपमा बजेटमा तोकिएका कार्यक्रमहरू निर्वाचन मिति घोषणा भइसकेपछि छनोट गर्नेगरी सञ्चालन गर्न थालेको भन्ने जानकारीमा आएको हुँदा,’ आयोगको विज्ञप्तिमा छ, ‘योजना, कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने र समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा प्रत्यक्ष असर पार्न सक्ने देखिएकाले विपद्, महामारीको पूर्वतयारी, कुनै विपद्को अवस्थापरी विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्नुपर्ने, मानवीय सहायता प्रदान गर्नुपर्ने, महामारीको अवस्थामा सामना गर्न आवश्यक उपाय अवलम्बन गर्नुपर्ने विषयबाहेक कुनै पनि प्रकारका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न–नगराउन तीनै तहका सरकारलाई निर्देशन गरिएको छ।’

प्रकाशित: ५ भाद्र २०७९ ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App