६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

विवेकशील साझा पार्टीले दल दर्ता गर्‍यो

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ।  

मंगलबार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो। पार्टी अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरु आगामी निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न पुगेका थिए।

आइतबार पार्टीले अध्यक्ष पदबाट रविन्द्र मिश्रले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा बास्कोटा र संयोजकमा भट्टराईलाई चयन गरेको थियो। निर्वाचन आयोगले आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो। यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन्। आज नै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दल दर्ता हुने कार्यक्रम छ। 

प्रकाशित: ३१ श्रावण २०७९ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App