१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नक्सा पास गर्ने अधिकार सर्वोच्चलाई दिऊँ: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर शाहले यसका लागि बरु संविधान नै संशोधन गर्न सकिने बताएका छन्।

उनले लेखेका छन्, 'नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ।'

मंगलबार काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालले बनाएका संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो। उक्त निर्देशन दिएको पत्र तत्काल कार्यान्वयन नगर्न बुधबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासले महानगरपालिकालाई आदेश दिएको थियो।

प्रकाशित: २५ श्रावण २०७९ १६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App