१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

आगामी निर्वाचनसम्म गठबन्धन जारी रहन्छ: मन्त्री पौडेल

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेल।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनसम्म गठबन्धन तोडिने सम्भावना नरहेको बताएका छन्। नेकपा एमालेसँग गठबन्धन वा एकता गर्ने सम्भवना नरहेको बताउँदै उनले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्म गठबन्धन जारी रहने र त्यसपश्चात आवश्यकताको आधारमा छलफल हुनसक्ने बताएका हुन्। 

मन्त्री आएको सन्दर्भमा बुधबार प्रेस सेन्टर मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तोकिएकै समयमा निर्वाचन हुने र सत्तारुढ दलको बीचमा गठबन्धन हुने जानकारी दिएका हुन्। ‘निर्वाचन आयोगकै सिफारिसको आधारमा मंसिर ४ मा निर्वाचन गर्ने गरी मिति घोषणा गरिएको हो। 

निष्पक्ष, भयरहित र देशैभर एकैपटक नमूनालायक निर्वाचन हुनेछ। तोकिएको समयमै निर्वाचन हुन्छ, कस्ले जित्ने हार्ने दोस्रो कुरा हो, प्रणाली स्थापित गर्ने पहिलो कुरा रहन्छ।’ अबको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट नेकपा माओवादी केन्द्रलाई पहिलो वामपन्थी पार्टी बनाउने उनले बताए। यस्तै समाजवादी केन्द्र बनाउने बिषयमा पनि वार्ता संवाद भैरहेको मन्त्री पौडेलले जानकारी दिए। ‘सिस्टम स्थापना गर्न गठबन्धन बनेको हो। 

अबको चुनावसम्म गठबन्धन कायमै रहन्छ’, उनले थपे, ‘कुन पार्टीले कति सिट लिने भन्ने विषयमा छलफल हुनै बाँकी छ। अहिलेलाई यत्ति बुझ्नुहोस् गठबन्धन तोडिने सम्भावना छैन।’ नेपालका सबै राजनीतिक दल जनताको अहिलेको आवश्यकतासंग अनुसार जोडिएर जानुपर्ने उनको भनाई छ।  

मन्त्रालयसंग सम्बन्धित प्रसंगमा मन्त्री पौडेलले क्यालेन्डर प्रणालीमा परीक्षा र रिजल्ट गर्ने प्रणालीको विकास गरिने बताए। यो बर्ष दुइवटा विश्वविद्यालय थपिन लागेको जानकारी दिँदै उनले अब शिक्षालाई सीप र रोजगार संग जोड्ने गरी अघि बढ्न लागेको जानकारी दिए। आगामी तीन वर्ष भित्र आवश्यक विद्यालयमा भौतिक पूर्वाधार पुर्‍याउने र आवश्यकता अनुसार विद्यालय मर्ज पनि गर्ने योजना रहेको सुनाए। यस्तै शिक्षक अस्पताल पनि निर्माण गर्ने काम अघि बढाउने उनले जानकारी दिए।

प्रकाशित: २५ श्रावण २०७९ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App