६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

परिवार दल अध्यक्ष ढकाल र एमाले अध्यक्ष ओलीबीच छलफल

सरकारले अगामि मङसिर ४ गते आईतबार एकै साथ हुने संघीय संसद तथा प्रदेश सभाको निर्वाचनको मिति घोषणासँगै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। 

ओली निवास बालकोटमा शनिबार बेलुका भएको भेटमा समसामयिक राजनैतिक अवस्थाको बारेमा छलफल भएको ढकालका परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले जानकारी दिए। निर्वाचन घोषणापछि दूई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

गएको स्थानीय निर्वाचनमा  एमाले र परिवार दलले चुनावी सहकार्य गरेका थिए। भेटमा स्थानिय निकायको निर्वाचनको समिक्षा हुनुको साथै अगामि निर्वाचनमा पनि दूई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको पौडेलले जानकारी दिए।

दुबै नेताबीच आपसी सवाद र छलफलको माध्यबाट अगाडि बढ्ने र परिवार दलले एमालेलाई स्थानीय निकायमा सर्पोट गरेकोमा अध्यक्ष ओलीले प्रशन्नता व्यक्त गरेको पौडेलले जानकारी दिए।  झण्डै २ घण्टा भएको छलफलमा सत्ता गठनबन्धन र अगामि निर्वाचनको बारेमा छलफल भएको थियो।

प्रकाशित: २२ श्रावण २०७९ १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App