१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आइतबारदेखि जबरामाथिको महाभियोग प्रस्तावबारे संसदमा छलफल हुने

फाइल तस्बिर।

प्रतिनिधिसभा बैठकमा आइतबारदेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगको प्रस्तावबारे छलफल हुने भएको छ। संघीय संसद सचिवालयले आइतबार बस्ने बैठकको कार्यसूचीमा राणामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ। 

'मिति २०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने', कार्यसूचीको बुँदा नम्बर ४ मा उल्लेख छ।

प्रकाशित: २१ श्रावण २०७९ ०७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App