१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

रास्वपाको सचिवालय बैठकमा सांसदको जिम्मेवारीसहित ९ विषयमा छलफल हुँदै

फाइल तस्बिर

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक आइतबार साँझ ८ बजेलाई डाकिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

आजको बैठक भर्चुअल माध्यमबाट हुनेछ । बैठकका लागि विभिन्न नौ छलफलका विषय पनि सार्वजनिक गरिएको छ ।  

महामन्त्री बुर्लाकोटीका अनुसार बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाहीलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारी लगायतका विषयमा पनि छलफल हुने बताए ।

त्यस्तै, जिल्ला अधिवेशन कार्यविधिमा संशोधन, प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५ प्रतिशत बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने, सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने लगायतबारे छलफल तय भएको उनले जानकारी दिएका छन् ।

प्रकाशित: १७ जेष्ठ २०८३ १९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App