१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

बजेट प्रकरण छानबिन समितिले आजदेखि प्रतिवेदन लेख्ने

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले आजबाट प्रतिवेदन लेख्न सुरू गरेको छ।

समितिले शर्मासँग लिएको बयान, कर्मचारीहरूसँगको सोधपुध र सिसिटिभी फुटेजको आधारमा प्रतिवेदन लेख्न थालेको जनाएको छ।  

अनुसन्धानको क्रममा समितिले तत्कालीन अर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनी, मन्त्रालयका अन्य कर्मचारीहरु र अनधिकृत व्यक्तिको संलग्नता भएको भनेर समाचार लेखेका पत्रकारहरुसँग सोधपुछ गरेको थियो।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ। आरोप लागेसँगै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए।

अनुसन्धानका लागि समितिलाई थपिएको म्याद बिहीबार सकिँदैछ।

प्रकाशित: ११ श्रावण २०७९ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App