१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्काज लागेको हो।  

आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ।

त्यस्तै कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त  कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभावाट भएको संशोधनमाथि विचार गरियोस भनी प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।  

प्रकाशित: ८ श्रावण २०७९ ००:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App