१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवाले दिए भारतको राष्ट्रपति द्रौपदीलाई बधाइ

भारतमा पहिलो पटक आदिवासी समुदायकी महिला राष्ट्रपति बनेकी  द्रौपदी मुर्मुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ दिएका छन्।

राष्ट्रपतिको निर्वाचनमा उनले उनले विपक्षी गठबन्धनका उम्मेदवार यशवन्त सिन्हालाई हराउँदै उनी भारतको १५औं राष्ट्रपतिमा विजयी भएकी हुन्। 

देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्, 'भारतको १५औं राष्ट्रपति निर्वाचित भएकोमा श्रीमती द्रौपदी मुर्मुलाई नेपाली जनता र सरकारको तर्फबाट हार्दिक बधाइ! आगामी दिनमा नेपाल-भारतको सुमधुर सम्बन्धले नयाँ उचाइ लिनेछ भन्ने कुराम म विश्वस्त छु।'  

सन्थाल समुदायकी मुर्मु भारतमा आदिवासी समुदायबाट राष्ट्रपति हुने पहिलो महिला हुन् भने प्रतिभा पाटिलपछि राष्ट्रपति हुने उनी दोस्रो महिला हुन्। 

प्रकाशित: ५ श्रावण २०७९ १६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App