१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भ्रमणले नेपाल-भारत सम्बन्धलाई बलियो बनाउनेछः प्रचण्ड

फाइल तस्बिर।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन्।

शनिबार भारत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले आफू भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा भारत भ्रमण आएको बताए। करिब तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको उनले दोहोर्‍याए।

आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने स्पष्ट पारे। ‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो। दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ,’ उनले भने, ‘यो सद्भावना भ्रमण हो। कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन।’

प्रचण्ड शुक्रबार दिउँसो भारत प्रस्थान गरेका हुन्। उनले आजै भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्नेछन्। आज बिहान प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग पनि भारतमा भेट गरेका प्रचण्डले भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने कार्यसूची छ। आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने उनको कार्यतालिका छ।

प्रकाशित: ३२ असार २०७९ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App