नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले सरकारले संवैधानिक परिषद् सम्बन्धि विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्।
तत्कालिन केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा हालका प्रधानमन्त्रीदेखि हाल सत्तारुढ सबै राजनीतिक दलले विरोध गरेको स्मरण गराउँदै उनले सरकारले सोही सारतत्वको विधेयक ल्याउन नहुने बताए।
सरकारमा हुँदा एउटा कुरा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने गर्नु नहुने बताए। ‘तत्कालिन प्रधानमन्त्री केपी ओलीले अध्यादेशको रुपमा लिएर आउँदाखेरी, यही सारतत्वको अध्यादेश लिएर आउँदाखेरी हामीले बिरोध गर्यौँ।’, उनले भने, ‘अहिले हामीले त्यही सारतत्वको विधेयक ल्याउन मिल्छ भने कसरी सक्ने के?’
सरकारमा हुँदा एउटा कुरा, विपक्षमा हुँदा आफूलाई चाहिँदा अर्को कुरा गर्न नमिल्ने उनले बताए।
प्रकाशित: ३० असार २०७९ ०७:४६ बिहीबार