२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सबै तह मिलेर पर्यटकीय सम्भावना क्षेत्र विकास गर्नुपर्छ: अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संघ, प्रदेश र स्थानीय सरकार मिलेर पर्यटन तथा संस्कृतिको विकास गर्नुपर्ने बताएका छन्।  

बुधबार गृह जिल्ला रौतहटको राजदेवी, गौर र गरुडामा पर्यटकीय सम्भावनाका क्षेत्रहरुको स्थलगत अवलोकनपछि पूर्व प्रधानमन्त्री नेपालले संस्कृति तथा पर्यटन मन्त्रालयमाआफ्नै पार्टीको मन्त्री रहेकाले काम गर्न सजिलो हुने बताएका छन्।  

गरुडास्थित लमाहा ब्यारेजस्थित पर्यटकीय सम्भावना बोकेको झाँझ र लमाहाखोलाको संगमस्थलको अवलोकन गर्दै नेता नेपालले नगरपालिका, प्रदेश सरकार र संस्कृति तथा पर्यटन मन्त्रालय मिलेर राजदेवी, गौर तथा गरुडाको दीर्घकालीन विकास गर्नुपर्ने बताएका छन्।

पर्यटकीय क्षेत्रको निर्माण गर्दा वातावरणलाई ध्यान दिन नेता नेपालले आग्रह गर्दै रुख विरुवालाई जोगाएर हरियाली बचाउनु पर्ने पनि बताएका छन्।  

हरियाली जोगाएर पर्यटकीय क्षेत्रको निर्माण गर्दा एकातिर रोजगारीमा वृद्धि भई आर्थिक समृद्ध आउने हुन्छ भने अर्कोतिर ठाउँको पनि पहिचान कायम हुन्छ भन्दै नेता नेपालले सबै तह मिलेर विकास गर्दा सबैको स्वामित्व हुने धारणा पनि राखेका छन्।

नेता नेपालले गृह जिल्ला रौतहटको गौर, राजदेवी, गरुडा तथा चन्द्रपुरमा पार्टीका नेता तथा कार्यकर्ताहरुसँग छलफल गरेका छन् भने सर्वसाधारण नागरिकको गुनासो पनि सुनेका छन्। 

प्रकाशित: २९ असार २०७९ १४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App