४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालले श्रीलंकाबाट पाठ सिक्नुपर्छ: कांग्रेस सांसद

नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका छन्। मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका हुन्। 

उनले नेपाललाई श्रीलंकाको जस्तो अवस्था बन्न नदिनका लागि सर्तकता भने जरुरी रहेको बताए। उनले कोभिड अथवा रसिया र युक्रेनको युद्धलाई देखाएर देशको समस्याबाट पन्छिन खोज्नुभने मुर्खता र देशप्रतिको गद्दारी हुने बताए। सांसद देवले श्रीलंकाको अहिलेको अवस्थाबाट पाठ सिक्नुपर्ने बताए।

उनले श्रीलंकाले निरन्तरको दुई दशकदेखिको गलत आर्थिक नीति, भ्रष्टाचार, कमिशनतन्त्र र परिवारवादको कारणले गर्दा अहिलेको अवस्था भोग्नुपरेको बताए। उनले नेपालले कस्तो किसिमको ऋण लिने र कस्तो किसिमको ऋण नलिने यस विषयमा भने अर्थशास्त्री, राज्य सञ्चालक र मुख्य राजनीतिक शक्तिहरुका बिचमा बहश हुनुपर्ने बताए। सांसद देवले नेपाल सरकारले अहिले लिएको आर्थिक नीति सहि भएको बताए। सरकारले उत्पादन बढाउने, आयात घटाउने, निर्यात बढाउने नीति लिनु सहि भएको उनको भनाई छ। 

उनले भने, ‘नेपालको अहिलेको सरकारले जे आर्थिक नीति लिएको छ। त्यो सहि छ। सहि नीति लिएको छ अहिले। यो म दाबा गर्न चाहान्छु। उत्पादन बढाउने, आयात घटाउने, निर्यात बढाउने जुन नीति छ। रेमिट्यान्सलाई फर्मल सेक्टरमा ल्याउने जुन नीति छ। सरकारको आर्थिक नीति ठिक छ। खालि नेपाल सरकारले हेर्नुपर्ने र हिजोका सरकार चलाउनेहरुले समिक्षा गर्नुपर्ने कुरा के छ भने कहिँ हामी त्यही कमिशन एजेन्ट र दलाल नोकरशाही पुँजिवादको घेरामा हाम्रो केन्द्रीय कार्यालय त छैन भन्ने कुरा समिक्षा गर्नु जरुरी छ। त्यतातिर ध्यान दिउँ।’

उनले विगतमा र अहिले सरकार चलाउने नेताहरुले आफू दलाल नोकर शाही पूँजीवादको घेरामा रहे नरहेकोमा भने समिक्षा गर्नुपर्ने बताए।

प्रकाशित: २८ असार २०७९ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App