१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

आज पनि सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ।

सोमबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने र विभाग गठन लगायतका विभिन्न एजेण्डाहरुमा छलफल हुनेछ।

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन प्रश्तुत गरिएको थियो। सोमबार सात प्रदेशका पार्टी सभापतिले आफ्नो धारणा राखेका थिए। साथै आफ्नो क्षेत्रको बारेमा जानकारी गराएका थिए।

आजको बैठकमा गठबन्धन र आगामी प्रदेश र संघको निर्वाचनका बारेमा पनि छलफल हुनेछ।

प्रकाशित: २८ असार २०७९ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App