३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

संवैधानिक परिषद् सम्बन्धि विधेयकप्रति ओलीको आक्रोश

संवैधानिक परिषदसम्बन्धि विधेयकप्रति ओलीको आक्रोश प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालाको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धमा सर्वोच्चमा मुद्दा हाल्नेहरुले नै फेरि त्यसैलाई विधेयकका रुपमा ल्याएको भन्दै आक्रोश पोखेका छन्।

उनले यस अघिको अध्यादेशको विरुद्धमा सर्वोच्च अदालतमा हालेको मुद्दा विचाराधिन रहेको र त्यो मुद्दा फिर्ता नलिकिनै विधेयक ल्याएको भन्दै आक्रोश पोखेका हुन्। ओलीले आफ्नो दलसँग कुनै सरसल्लाह नै नगरी सरकारले राष्ट्रय सभामा संवैधानिक परिषदसम्बन्धी विधेयक दर्ता गराएको बताए।

सोमबार सम्पादकहरूसँगको छलफलका क्रममा ओलीले सरकारले पहिले सर्वोच्चको मुद्दा फिर्ता लिनुपर्ने र जनतासँग तत्काल सार्वजनिकरूपमा माफी पनि माग्नुपर्ने बताए। ‘एकातिर यो असंवैधानिक छ भनेर सर्वोच्चमा मुद्दा हालेको छ। अर्कोतिर राष्ट्रिय सभा लगेर नगरी हुदैन, संविधानसम्मत छ भनेको छ’, उनले भने। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश विरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधिन छ।

प्रकाशित: २७ असार २०७९ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App