coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भौतिक पूर्वाधार मन्त्री राईलाई गृहनगरमा भब्य स्वागत

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईलाई स्वागत गरिँदै। तस्बिरः नागरिक

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईलाई गृहनगर नेपालगन्जमा भब्य स्वागत गरिएको छ।

मन्त्रीको जिम्मेवारी पाएपछि पहिलो पटक नेपालगन्ज आईपुगेका उनलाई शनिबार अपरान्ह सर्वसाधारण तथा नेता, कार्यकर्ताले भब्य स्वागत गरेका हुन्। नेपालगन्ज विमानस्थलमा ओर्लिए लगत्तै उनलाई फूलमाला, खादा तथा दोसल्ला ओढाएर स्वागत गरिएको थियो। सो क्रममा विमानस्थल परिसरमा ठूलो संख्यामा उपस्थिती रहेको थियो।  

मन्त्री राई मुस्लिम समुदायको महान पर्व बक्राईद मनाउन गृहनगर आईपुगेका हुन्। नेपालगन्ज आए लगत्तै उनको स्वागत तथा सम्मानमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। गृहनगरमा मन्त्री राईको ब्यस्तता झनै बढेको छ।  

उनी बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद पनि हुन्। राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएपछि बाँकेबासीले उनीसँग ठूलो अपेक्षा राखेका छन्। यसअघि पनि उनले दुई पटक मन्त्रीको जिम्मेवारी निभाईसकेका छन्।

प्रकाशित: २५ असार २०७९ १४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App