२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्य गर्न आवश्यक छ: सभामुख सापकोटा

फाइल तस्बिर।

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै सञ्चालन गर्न युवाहरुलाई आग्रह गरे।  

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियाननै सञ्चालन गर्न युवाहरुलाई अनुरोध गरेका हुन्।  

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’ को शुभारम्भ गर्दै उनले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउने जस्ता डर लाग्दो विकृति र विसंगतिको अन्त्य गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारे। 

प्रकाशित: २५ असार २०७९ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App