५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेसी मोर्चा र नेमकिपाद्वारा सदन अवरोध

काठमाडौं–मधेसी मोर्चा आबद्ध दल र नेपाल मजदुर किसान पार्टीका सांसदको अबरोधका कारण व्यवस्थापिका संसद बैठक आजपनि अबरुद्ध भयो।आइतबार एक बजेका लागि बोलाइएको बैठक दिउँसो तीन बजे सुरु भएको थियो। बैठक सुरु हुनासाथ मोर्चा आवद्ध दल सांसदले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरेका थिए। उनीहरुले मधेसका माग पुरा गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए। यसैगरी नेमकिपाका दुई सांसद प्रेम सुवाल र अनुराधा थापा मगरले भारतीय हस्तक्षेपको विरुद्ध आफ्नो आशनबाट उठेर नारावाजी गरेका थिए।

बैठक अबरोध गरेपछि सभामुख ओनसरी घर्तीले मोर्चा आबद्ध सांसदलाई बारम्बार सदन अबरोध नगरी आसन ग्रहण गर्न गरेको आग्रह मोर्चा आबद्ध सभासदले अस्विकार गरेपछि सोमबार विहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ।

प्रकाशित: २० मंसिर २०७२ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App