८ वैशाख २०८१ शनिबार
राजनीति

प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयक सरकारद्वारा फिर्ता लिने निर्णय

प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयक सरकारले फिर्ता लिने भएको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर असंशोधित विधेयक दर्ता गर्ने निर्णय गरेको हो। 

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको छ र संशोधित विधेयक बुधबार पेश हुने बताइएको छ। 

मंगलबार साँझ नागरिकतासम्बन्धी विवादित विषयमा सहमति जुटाउन सत्तारुढ दलको शीर्ष नेताको बैठक बसेको छ।

प्रकाशित: २१ असार २०७९ १५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App