४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

'लोपोन्मुख संगीत संरक्षणका लागि एक प्रदेश एक परम्परा'

प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख संगीत परम्पराको संरक्षणका लागि एक प्रदेश एक परम्परा कार्यक्रम ल्याएको भन्दै प्रशंसा गरेका छन्।

नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिस्ठानको मंगलबार राजधानीमा भएको १२औं प्राज्ञ सभा बैठकको उदघाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिस्ठानले अझ प्रभावकारी रुपमा काम गर्ने विश्वास लिए। 

प्रतिष्ठानमार्फत् विभिन्न नेपाली लोकबाजा तथा लोकनृत्यहरुको पहिचान र प्रशिक्षण, नाटय प्रविधिका क्षत्रका विशेष प्रशिक्षण, बाल नाटक महोत्सव आदि कार्यक्रमहरुको आयोजना गर्दै जान उनले सुझाए। यसका लागि देशको सबै भूगोल, जाति, समुदायसम्म पुग्न प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले प्राज्ञ प्रतिष्ठानका प्राज्ञहरुलाई निर्देशन दिए।  

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले साँंस्कृतिक विविधताले समृद्ध हाम्रो मुलुकका सांस्कृतिक विविधतालाई जोगाइराख्नु हामी सबैको कर्तव्य भएको बताए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ, नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिस्ठानका उपकुलपति हरिहर शर्मालगायतका नेपालका संगीत तथा नाटय क्षेत्रका विविध विषयमा चर्चा गरे।

कार्यक्रममा नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिस्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)ले प्रतिष्ठानले गर्दै आएका विभिन्न गतिविधिहरुबारे जानकारी गराए। कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिस्ठानका प्रमुख संरक्षक देउवालाई प्रज्ञा प्रतिष्ठानको लोगो अंकित प्रतिक चिन्ह प्रदान गरिएको थियो। उदघाटन कार्यक्रमपछि प्राज्ञ सभाको बैठक बसेको थियो।

प्रकाशित: २१ असार २०७९ १४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App