coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शेरबहादुर देउवा गठबन्धनको सभापति भएको शेखर पक्षको आरोप

नेपाली काँग्रेस नेता डा.शेखर कोईराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ।

शुक्रबार सकिएको कोईराला पक्षीय बैठकबारे जानकारी गराउँदै नेपाली काँग्रेस कोईराला पक्षीए नेता एवं पार्टी केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले नेपाली काँग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताएका हुन्। बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आगामी कार्यदिशा, आगामी निर्वाचन र परराष्ट्रनीतिका बारेमा सरकारले बनाइरहेको धारणा लगायतका विषयमाथिछलफल भएको केन्द्रीय सदस्य पोखरेलले बताए। 

उनले सरकारले आफूले गरेका वाचा अनुसार जनतालाई राहत दिन नसकेको, सुशासन सम्बन्धी गरेका राजनीतिक प्रतिवद्धता पूरा गर्न नसकेको पनि बताए। उनले राजश्व अनुसन्धान, सम्पती शुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने प्रतिवद्धताको प्रधानमन्त्रीले अवज्ञा गरेको, बजेट बनाउनेदेखि चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाइएको पनि निस्कर्ष निकालेको छ। उनले सरकारले व्यापकरुपमा नीतिगत भ्रष्टाचार गरेको बताए।  

उनले भने, ‘हामीले आज ५ वटा बुँदामा छलपल चलायौँ। सरकार सञ्चालनको बारेमा मुख्य छलफल भयो। अर्थतन्त्रका सूचकहरु राम्रोसँग चलाउने कुरामा सरकारले हामीले गरेका वाचाअनुसार पूरा गर्न सकेन। सरकार सञ्चालनमा जनतालाई राहत दिन सकेन। दोस्रो कुरा पार्टीले पनि निर्णय गरेको थियो, सुशासनको विषयमा पनि राजनीतिक प्रतिवद्धता जनाएका थियौँ। राजश्व अनुसन्धान, सम्पती शुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने भनेर तर अहिलेपनि प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको छ। त्यो हाम्रो प्रतिवद्धता विपरित् भयो। देशमा बजेट बनाउनेदेखि पछिल्ला चरणमा चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाइएको छ। व्यापकरुपमा नीतिगत भ्रष्टाचार गरिएको छ। यसलाई जतिसक्दो चाँडो रोक्नुपर्छ। परराष्ट्रनीतिमा हाम्रो पार्टीले पनि पहलिाबाटै सबैको साझा नीति बनाउनुपर्छ भनेका छौँ। त्यसमा सफल हुन सकेन। अहिले नेपाली काँग्रेसको भन्दापनि सभापतिजी गठबन्धनको सभापति हुनुभएको छ। उहाँले पार्टीभित्रै ४० प्रतिशत महाधिवेशन प्रतिनिधि जुन गाउँ, वडाबाट निर्वाचित भएर आउँछन्, आफू उहाँहरुको सभापति हुँ भन्ने अनुभुति दिलाउन सकिरहेको छैन। यसको बिरुद्ध हामी हरेक प्रदेश पालिका, सबैतिर परिचालन गरी काँग्रेसलाई बलियो बनाउने पार्टी विधानअनुरुप चलोस् भनेर दबाब दिने कुरामा छाैं।’

केन्द्रीय सदस्य पोखरेलले बैठकले हरेक प्रदेश र पालिकामा काँग्रेसलाई बलियो बनाउने र पार्टी विधानअनुरुप चल्ने कुरामा पनि जोड दिएको बताए।

प्रकाशित: १७ असार २०७९ १४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App