१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

देउवालाई रचनात्मक दबाब दिने शेखर पक्षको निस्कर्ष

नेपाली काँग्रेस नेता डा.शेखर कोईराला पक्षधर नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ बिद्रोह) दिने निस्कर्ष निकालेका छन्।

बिहीबार काठमाडौंमा भएको कोईराला पक्षीय नेताहरुको भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निस्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरुमा छलफल गरेको बताए। उनले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताए।  

उनले भने, ‘देशको अहिलेको समसामयिक राजनीति, हाम्रो गठबन्धन, अहिले देशको आर्थिक अवस्था र भोलि हुने निर्वाचनको बारेमा र अहिले देशमा बढ्दै गएको महंगीको बारेमा हाम्रो लामो छलफल भइरहेको छ। पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौँ। यो भोलि २ बजेसम्मलाई स्थगित गरेर त्यसपछि शुरु हुनेछ। आजको बैठकमा कन्स्ट्रक्टिभ बिद्रोहको पनि कुरा भएको छ। पोल्टिकल सोचाईमा पनि परिवर्तन भएको छ। त्यसको आधारमा हाम्रो विचार समूहलाई कसरी लैजाने भन्ने कुरामा सबैभन्दा महत्वपूर्ण छलफल भएको छ।’

नेता भण्डारीले छलफलमा राजनीतिक सोचाईमा परिवर्तन र त्यसको आधारमा आफ्नो समूहको विचारलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल भएको बताए। उनले बैठक भोलि (शुक्रबार) २ बजेपछि पुनः बस्ने गरी स्थगित भएको बताए।

प्रकाशित: १६ असार २०७९ १५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App