४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा एमालेकी सांसद खातुनले दिइन् राजीनामा

नेकपा एमालेकी सांसद गुलेफन खातुनले प्रदेश १ को  प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएकी छिन्। सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी सांसद खातुनले असार १५ गते पदबाट राजीनामा दिएकी हुन्।  

उनले दिएको राजीनामा पत्र बिहीबार प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले वाचन गरेर सुनाए। ‘व्यक्तिगत तथा पारिवारीक समस्याका कारण प्रदेशसभामा उपस्थित हुन नसक्ने भएकाले स्वइच्छाले पदबाट राजीनामा दिएको छु’  राजीनामा पत्रमा उल्लेख छ। राजीनामा पत्र बाचन पछि सभामुख भण्डारीले  राजीनामा असार १५ गतेदेखि नै लागूहुने गरी स्वीकृत भएको प्रदेशसभालाई जानकारी गराए। सांसद खातुनले राजीनामा दिए सँगै प्रदेश १ को प्रदेशसभाको समानुपातिक तर्फको एउटा पद रिक्त रहेको सभामुख भण्डारीले बताए। 

मोरङबाट प्रतिनिधित्व गर्ने खातुनलाई सरकारी सहीछाप किर्ते मुद्दामा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरले दोषी ठहर गरेको थियो। उच्च अदालत विराटनगरको फैसलामा चित्त नबुझेपछि उनले सर्वाेच्चमा निवेदन दिएकी थिइन्। निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतका न्यायाधीश शुस्मालता माथेमा र नहकुल सुवेदीको इजलासले गत जेठ २५ गते निस्सा नदिने अन्तिम आदेश गरेको थियो।

मोहीको जग्गा दाबी गर्न कागजात जुटाउने क्रममा उनीमाथि तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरीछापा किर्ते गरेको आरोप लागेको थियो। तीन विगाह १० कट्ठा मोही जग्गा दाबीका लागि २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस गर्दा एउटै दर्ता नम्बरका दुई वटा सिफारिस गरेपछि उनि विरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा परेको थियो। 

प्रकाशित: १६ असार २०७९ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App