१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आलेविरुद्धको रिट खारेज

सर्वोच्च अदालतले निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन आइतबार खारेज गरेको छ। यद्यपी मन्त्री आलेले आइतबार नै राजीनामा दिइसकेका छन्। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रीविरुद्ध अश्लील अभिव्यक्ति दिएको र सामाजिक मूल्य मान्यताविपरीत समाजमा नकारात्मक असर पर्ने दाबी गर्दै रिट निवेदन खारेज गर्ने आदेश गरेको हो।

मन्त्री आलेको अश्लील गालीगलौज गरेको असार ५ मा पछिल्लो अडिओ सार्वजनिक भएको थियो। उनले अश्लील शब्द प्रयोग गर्दै नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई गाली गरेको अडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। यस अघि अछाम घर भै भारतको मुम्बई बस्ने जगत ओलीलाई अश्लील गाली गरेको खबर सामाजिक सञ्जालमै सार्वजनिक भएको थियो। त्यसैलाई आधार मान्दै मन्त्रीको अभिव्यक्तिविरुद्ध अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।  

मन्त्री पदमा बसेर सार्वजनिक मर्यादा र आचारण उल्लंघनको विवादले पदमा बसिरहन योग्य नरहेको भन्दै बर्खास्तीको माग रिट निवेदकले दाबी गरेका छन्। ‘गैरजिम्मेवार अभिव्यक्तिले समाजलाई अपुरणीय क्षति पुगेको छ। मन्त्री पदमा बसिरहँदा सिंगो समाज, देश, विदेशमा नकारात्मक प्रभाव पर्ने र क्षति पुग्ने भएकाले मन्त्री पदमा आजकै मितिदेखि काम नगर्न अन्तरिम आदेश जारी गरिपाऊँ’ रिट निवेदकको माग थियो।

मन्त्री आलेलाई आगामी निर्वाचनमा प्रतिस्पर्धामासमेत रोक लगाउनेगरी निर्देशनात्मक आदेश रिट निवेदनमा माग गरिएको थियो। यस अघि सर्वोच्च अदालतमा दर्ता गर्न लगिएको रिट निवेदनमा दरपिठ (दर्ता गर्न नमिल्ने) आदेश गरिएको थियो। त्यही दरपिठविरूद्ध इजलासमा निवेदन दर्ता गरेका थिए। बुधबार सर्वोच्च अदालतका न्यायाधीश टंक मोक्तानको एकल इजलासले निवेदन दर्ता गर्न आदेश गरेको थियो। त्यसपछि बिहीबार रिट निवेदन दर्ता भएको थियो।

प्रकाशित: १३ असार २०७९ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App