१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मैले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याएकाे छु: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याएको बताएका छन्।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याएको बताएका हुन्। उनले आफू प्रक्रियामा भन्दा एक्शनमा विश्वास गर्ने राजनीतिक कार्यकर्ता भएको उल्लेख गर्दै चाँडै परिणाम दिनका लागि आफू क्रियाशिल भएको बताए। उनले जनतालाई छिटो, छरितो सेवा दिने विषयलाई आफूले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे। मन्त्री आलेले आफूले स्वदेश तथा विदेशबाट ‘एक्शन मन्त्री’को उपमा पाएको र त्यसले आफूलाई ऊर्जा प्राप्त गरेको उल्लेख गरे।

मन्त्री आलेले कागजमा मात्रै काम गरेको देखाउन खोज्नेहरु आफ्नो निगरानीमा परेको बताए। उनले आफूले तल्लो तहको भन्दा माथिल्लो तहका कर्मचारीहरुलाई निगरानी गरेको स्पष्ट पारे। उनले काम गर्ने शिलशिलामा अदृश्य शक्तिकेन्द्रबाट दबाब तथा प्रलोभनहरु आएको भएपपनि आफूले  दबाब र आर्थिक प्रलोभनको प्रवाह नगरी काम गरेको बताए। मन्त्री आलेले मुलुक, संविधान, नीति तथा कार्यक्रम, प्रचलित कानून, सरकारका प्राथमिकता र प्रधानमन्त्री तथा गठबन्धनका शीर्ष नेताहरुको मार्गदर्शनको आधारमा क्रियाशिल रहेको पनि बताए।  

उनले काम गर्ने क्रममा बोल्न नजान्नु आफ्नो नियत नभएको बताए। आफू सांसदको रुपमा रहिरहने भन्दै विकृति बिरुद्धमा निरन्तर खबरदारी गरिरहने बताए। मन्त्री आलेले समयले मागेमा मन्त्रीको भुमिकामा पुनः फर्किने बताए। उनले आफूले थालेका सुधारका कामहरुलाई नयाँ आउने मन्त्रीले निरन्तरता दिने विश्वास व्यक्त गरे।  

उनले भने, ‘म जनजातिको छोरो। स्पष्ट वक्ता। देश र जनतालाई प्राथमिकता दिई सधैँ काममा लागिरहें। मेरो दुईवटा बोली कहिल्यै भएन। काम गर्दै जाने सिलसिलामा कतै बोल्न नजानेको भए त्यो मेरो नियत नठानिदिनु होला। त्यस्ता त्रुटीमा म सचेत छु। रहिरहने छु। म यहाँबाट बिदा भएर सिंहदरबार बाहिर सांसदको भुमिकामा रहिरहने नै छु। विकृति विरुद्धमा मेरो खबरदारी निरन्तर रहिरहने छ। समयले मागेमा म सुधारका लागि नेतृत्वमा पुनः फर्किने नै छु। पछि आउने नेतृत्वले मैले थालेको सुधारका कामहरुलाई निरन्तरता दिनुहुनेछ।’

 उनले मन्त्रालयबाट बाहिरिएपनि मन्त्रालयले शुरु गरेका कामहरुलाई निगरानीमा राखिरहने बताए।

प्रकाशित: १२ असार २०७९ १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App