coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पार्टीले समीक्षा बैठक भनेर बोलाएर मन्त्री फेर्ने निर्णय सुनायो: मन्त्री झाँक्री

रामकुमारी झाँक्रीले शहरी विकास मन्त्री पदबाट राजीनामा दिएकी छन्।

आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले राजीनामा दिएकी हुन्। उनले राजीनामा तथा विधाइ पत्रकार सम्मेलनमा बोल्दै बजेटका विषयमा उठेका प्रश्नको जवाफ र  आफूले ल्याएका कार्यक्रमबारे जवाफ दिने रहरले आफूले केही दिन मन्त्रीपदमा रहेको बताइन्। झाँक्रीले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरुसँग छलफल नगरेको भन्दै गुनासो गरिन्। 

उनले पार्टीका मन्त्री बन्न र बनाउन चाहने नेताहरुले मन्त्री भएको ६ महिना हुनासाथ दिन गन्न सुरु गरेको खुलाइन्। झाँक्रीले मन्त्रीहरु परिर्वतन हुँदा सार्वजनिक सञ्चार माध्यमबाट नभई पार्टीले आफूलाई जानकारी दिने आश गरेको तर एक्कासी सञ्चार माध्यमबाट जानकारी पाएको भन्दै पार्टी अध्यक्ष प्रति गुनासो गरिन्। उनले पार्टीले समीक्षा बैठक भनेर बोलाएर मन्त्री फेर्ने निर्णय गरेको बताइन्। 

पार्टीले मन्त्री फेर्नुअघि मन्त्रीहरुसँग छलफल हुन्छ भन्ने आश भएपनि अध्यक्षले छलफल नै नगरी मन्त्री फेर्ने निर्णय गरेको बताइन्। उनले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बजेटसम्म के गर्ने भनि सोध्दा प्रधानमन्त्रीले बजेटसम्म काम गर्नुस् भनेको पनि बताइन्। झाँक्रीले आफूहरु बाहिरिए पनि अब नयाँ मन्त्रीहरु पार्टीले पठाउने भन्दै मन्त्रिपरिषद् छिट्टै पुनःगठन हुने बताइन्।

झाँक्रीले पत्रकार सम्मेलनमा गहभरी आँसु झार्दै पार्टी अध्यक्ष माधवकुमार नेपालको नाम नदिई मन्त्री बनाउने पार्टीलाई धन्यवाद दिइन्।

प्रकाशित: १२ असार २०७९ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App