४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

पछिल्लो समय भएको मूल्यवृद्धिको अनुगमन गर्न उद्योगमन्त्री बडूको माग

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्न माग गरेका छन् ।  

आईतबार प्रतिनिधि सभाको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्नुपर्ने बताएका हुन् ।  

असार १२ गतेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९ रुपैयाँ बाट २० रुपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ रुपैयाँबाट २९ रुपैयाँ घटाई १६३ रुपैयाँ मूल्य कायम गरिएको बताउँदै उनले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु र सेवामा पनि मूल्य घट्न आवश्यक रहेको बताए ।  

उनले बजारमा विभिन्न वस्तु तथा सेवाको मूल्य घटे, नघटेको सन्दर्भमा विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफ्नो क्षेत्रबाट र संयुक्त रुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको पनि बताए । 

प्रकाशित: १२ असार २०७९ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App