१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लामिछाने र खरेलबीच राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा कुराकानी

तस्बिर: नेपाल सुशासन पार्टीकाे फेसबुक पेजबाट।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले आज भेटवार्ता गरेका छन्।

उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ।

नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौं-१ बाट उम्मेदवारी दिने तयारीमा छन्।

रवि र खरेलबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको नेपाल सुशासन पार्टीले जनाएको छ।  

प्रकाशित: १० असार २०७९ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App