coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेलाई व्यंग्य गर्दै सांसदले भने: 'स्टेट पाटर्नरसिप सूर्यप्रसादको प्रोप्रोगाण्डा'

फाइल तस्बिर।

प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलमानले अमेरिकाको स्टेट पाटर्नरसिप कार्यक्रमलाई सूर्यप्रसादको प्रोप्रोगाण्डा नामकरण गर्न सरकारसँग माग गरे। उनले सांसदको शून्य समयमा बोल्दै हस्ताक्षर गरेको पत्र बाहिर आएकाले सांसदमा एसपीपीका विषयमा सत्तापक्षलाई चुनौती दिने सांसदले चुनौती स्वीकार गर्न आग्रह गरे।

यस्तै सांसद अमृता थापाले प्रमुख प्रतिपक्ष दलका नेताहरुको नैतिकता हराएको बताएकी छिन्। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा अमेरिकाको स्टेट पाटर्नरसिप प्रोग्राममा प्रधान सेनापतिले पत्राचार गरेको र ओली सरकारका रक्षामन्त्रीले गठबन्धनको नेतालाई चुनौती दिने कुरा नैतिकताले नदिने बताइन्। सांसद थापाले सांसदमा बोलेको कुरा रेकर्डबाट हटाउनु पर्ने माग राखिन्। प्रमुख प्रतिपक्षले आफैँ गल्ति गरेर आफैँ निहुँ खोज्ने काम गरेको उनको भनाइ छ।

सांसद आशाकुमारी वि.क.ले देशमा गरिब, महिला, बालबालिका र दलितको लागि न्याय हराउँदै गएको बताइन्। उनले अब नेपाली चेली न्याय खोज्न जाने बाटो सरकारले देखाइ दिन माग गरिन्। सांसद वि.क.ले कञ्चनपुरका शुसील चटोरविरुद्ध १३ वर्षीय बालिका बलात्कार मुद्दा हेरी रहेकी ललितपुरकी सरकारी वकिल संगिता थोकरलाई मुद्दा कमजोर बनाउन नमानेको भन्दै सरुवा गरिएको प्रति सरकारलाई ध्यानाकर्षण गराएकी छिन्। उनले तत्काल बलात्कार घटनाको सत्य तथ्य छानबिन गरी न्याय दिन सरकारसँग माग गरिन्।

त्यस्तै सांसद उमाशंकर अरगरियाले मधेस आन्दोलनका बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे। उनले मधेस आन्दोलनको ठूलो दल, मधेसमा बलियो संगठन भन्ने दलसमेत यो सरकारमा हुँदा समेत सांसदहरुले बारम्बार प्रश्न उठाउँदा सार्वजनिक नभएको बताए। सांसद अरगरियाले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु मधेसी र थारु माथिको ठूलो विभेद भएको बताए।

सांसद खगराज अधिरकारी एसपीपीको लागि सेनाले पठाएको पत्र कसको मातहतमा गएको छानबिन गर्न आफूहरु तयार रहेको बताए। उनले सत्तापक्षका सांसदहरु मान्नलाई तयार हो भनेर प्रश्न गरे। सांसद अधिकारीले त्यो बेलाका प्रधानमन्त्री शुसील कोईरालाले लेखेको पत्र सार्वजनिक गर्न चुनौती समेत दिए। उनले केपीले पठाएको पत्र भए ल्याउन चुनौती दिँदै त्यो पत्र शुसील कोइरालाकै भएको दाबी गरे।

सांसद गजेन्द्रबहादुर महतले गत वर्ष जुम्लामागएको बाढीले जग्गा बगाएको तर अहिलेसम्म त्यहाँका किसानले राहत नपाएको गुनासो गरे। उनले अहिले त्यहाँका किसान धान रोप्न नपाएर रोहिरहेको गुनासो गरे। सांसद महतले गत वर्षको बाढीले किसानको घर, जग्गा बगाएको तर सरकारले किसानलाई पेन्सन दिने कुरा गरेको बताए।

यसैगरी सांसद गणेशकुमार पहाडीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा करका दर हेरफेर गर्न सुब्बा र सिए भित्र राखिएको विषयमा सांसदको ठूलो दलले उठाएको विषयलाई वास्ता नगरी सांसदको काम कारबाही अगाडि बढाउनु संसदीय इतिहासमा गम्भीर भुलहुने बताए। उनले प्रतिपक्षले उठाएका विषयलाई बेवास्ता गरेर संसदिय व्यवस्थालाई कमजोर नबनाउन सभामुखलाई आग्रह गरे। सांसद पहाडीले अर्थमन्त्रीलाई छानविन गर्न संसदीय समिति गठन गर्न माग गरे।

सांसद गोपालबहादुर बमले संसदको शून्य समयमा सभामुखले सुन्ने र सांसदहरुले भनिराख्ने काममात्रै भएको बताए। उनले सांसदले संसदमा उठाएका समस्या सरकारले सुनेर कार्यान्यवन गर्ने काम नगरेको गुनासो गरे। विगत चार वर्षदेखि जिल्लाका समस्याका विषयमा कुरा उठाए पनि अहिलेसम्म कुनै सुनुवाई नभएको उनको भनाइ छ।

सांसद जिपछिरिङ लामाले नागरिकता विधेयक तत्काल संशोधन गरेर सबै राजनीतिक दलसँग सहमति गरेर सबै नागरिकले नागरिकता पाउने व्यवस्था गर्न सरकारसँग माग गरे। उनले अहिले रहेको दुई किसिमको निर्वाचित र समानुपातिक निर्वाचन प्रणाली परिर्वतन हुनुपर्ने बताए। सांसद लामाले समानुपातिक सांसदलाई बजेट पास गर्ने कोरम पुर्‍याउने मात्रै काम भएको बताए। उनले निर्वाचन प्रणाली संशोधन गरेर ८० प्रतिशत सांसद निर्वाचित र २० प्रतिशत मात्रै समानुपातिका प्रणाली लागू गर्न माग गरे।

सांसद झपटबहादुर रावलले अहिलेको गठबन्धनको सरकार काण्डै काण्डको सरकार भएको टिप्पणी गरे। उनले सभ्यसमाजको विकास गर्नको लागि संस्कृतिको संरक्षण गर्नुपर्ने तर मुलुकका पर्यटन तथा संस्कृति मन्त्रीले सर्वसाधरण र आफू मातहतका कर्मचारीलाई गरेको व्यवहारले नेपालको सभ्यताको बेइज्जत गरेको बताए। सांसद रावलले सरकारका गाली शिरोमणीको उपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई दिनुपर्ने बताए।

प्रकाशित: ३ असार २०७९ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App