२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

कृषि प्रधान होइन कमिसन प्रधान देश घोषणा गरियोस्ः सांसद अरगरिया

प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले नेपाल कृषि प्रधान मुलुक नभई कमिसन प्रधान भएका कारण कमिसन प्रधान देश घोषणा गर्न माग गरेका छन्।

उनले भने, 'किसान छ देशमा तर मल छैन, विद्यार्थी छ तर किताब दिइएको छैन, अख्तियार छ तर भ्रष्टाचार न्यून भएको छैन, नागरिक छ तर नागरिकता दिइएको छैन। सुन्दै आएको छु कृषि प्रधान देश भनेर यो संसदबाट प्रस्ताव गर्न चाहन्छु अब कृषि प्रधान होइन, कमिसन प्रधान देश घोषणा गरियोस् सभामुख ज्यू।'  

उनले नेपालमा राजनीति सेवाको भावना हटाएर पेशाको भावना राख्न पनि आग्रह गरे।  

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद अरगरियाले आक्रोषित हुँदै उक्त प्रस्ताव माग गरेका हुन्।

प्रकाशित: ३० जेष्ठ २०७९ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App